You are viewing the translated version of नक्कलको लागि निवेदन दिनु पर्ने.

Section 61
नक्कलको लागि निवेदन दिनु पर्ने
(१) मिसिल संलग्न कुनै लिखतको नक्कल लिन चाहने व्यक्तिले लिन चाहेको नक्कलको विवरण र मिति उल्लेख गरी अनुसूची-१९ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ।
(२) छुट्टाछुट्टै मिसिलमा रहेको लिखतको नक्कलको लागि छुट्टाछुट्टै निवेदन दिनु पर्नेछ।
(३) लिखतको नक्कल सो मुद्दासँग सम्बन्धित पक्ष, मुद्दाको सरोकारवाला -वा सम्बन्धित कानून व्यवसायीले लिन सक्नेछ।
(४) नक्कलका लागि निवेदनपत्र दिने र नक्कल प्राप्त गर्ने समय अदालतले तोक्न सक्नेछ।
(५) प्रतिवादीको नाममा तामेल भएको म्याद भुक्तान हुनु अगावै मिसिल संलग्न कुनै लिखतको प्रतिलिपि लिन चाहेमा उपनियम (३) बमोजिम: सरोकारवालाले नक्कलका लागि निवेदन दिन सक्नेछ।